ताजा अपडेट
समाचार

दशैंमा घर जाँदा ध्यान दिनुपर्ने १० कुरा

लामो बिदामा घर फर्कंदा यात्रा सुरक्षित र रमाइलो बनाउन केही कुरामा पहिल्यै ध्यान दिनु जरुरी छ।

तस्बिर: Unsplash

दशैं नजिकिँदै गर्दा सहरबाट गाउँ फर्कनेहरूको भीड बढ्छ। बसपार्कदेखि राजमार्गसम्म चाप हुने यो समयमा थोरै तयारीले यात्रालाई सुरक्षित र तनावमुक्त बनाउन सकिन्छ।

यात्राअघि

  • टिकट मान्यता प्राप्त काउन्टर वा भरपर्दो एपबाट मात्र किन्नुहोस्।
  • मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्नुहोस्।
  • नियमित औषधि खाने बाउआमा वा आफन्तका लागि पुग्ने औषधि झोलामा राख्नुहोस्।
  • घर छोड्दा ग्यास, बिजुली र ढोका राम्ररी बन्द भएको जाँच गर्नुहोस्।

यात्राका क्रममा

  • क्षमताभन्दा बढी यात्रु बोकेको वा छतमा यात्रु राखेको सवारी नचढ्नुहोस्।
  • चालकले मादक पदार्थ सेवन गरेको शंका लागे तुरुन्त ट्राफिक प्रहरीलाई खबर गर्नुहोस्।
  • नगद, गहना र मोबाइल शरीरसँगै सुरक्षित राख्नुहोस्।
  • पानी र हल्का खाजा साथमा राख्नुहोस्, लामो जाममा काम लाग्छ।

घर पुगेपछि

पुगेको खबर परिवारलाई दिनुहोस्। चाडपर्वमा खानपान र मदिरामा संयम अपनाउनुहोस्, किनकि दशैंपछि अस्पताल जानेको सङ्ख्या बढ्ने गरेको छ। सबैभन्दा ठूलो कुरा, बाउआमासँग बसेर फुर्सदमा कुरा गर्नुहोस्। उहाँहरूका लागि त्यही नै सबैभन्दा ठूलो उपहार हो।

विधाहरू